पोखरा १० फागुन २०८२।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गरी दायर मुद्दामा पूर्वमन्त्री र सचिव साधारण तारेखमा छुटेका छन्। विशेष अदालतमा उपस्थित भएका पूर्वमन्त्री दीपकचन्द्र अमात्य र पूर्वसचिव सुरेश आचार्य साधारण तारेखमा छुटेका हुन्।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडल, विदुर कोइराला र उमेश कोइरालाको इजलासले आइतबार साधारण तारेखमा छाड्न भनेको हो।
मिलेमतोमा लागत बढाएर विमानस्थल बढाउँदा ८ अर्ब ३६ करोड अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ मंसिरमा विशेष पाँच पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। जुन मुद्दाका धेरै आरोपीहरूलाई विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ।
त्यस्तो आदेशप्रति असन्तुष्टि जनाई अख्तियारले बेरितको निवेदन लिएर सर्वाेच्च अदालतसमेत पुगेको छ।