पोखरा १० फागुन २०८२।
काठमाडौँ महानगर क्षेत्रसँग जोडिएको तारकेश्वर नगरपालिका–९ स्थित लक्ष्मण अधिकारीको घरमा चितुवा पसेर आक्रमण गर्दा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार स्थानीय बासिन्दाको घरमा पसेको चितुवाले आक्रमण गर्दा दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका हुन्। महर्जनको टाउको र हातमा सामान्य चोट लागेको छ भने वाग्लेको हातमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनापछि चितुवालाई घरभित्रै थुनेर राखिएको र नियन्त्रणका लागि वन कार्यालयको टोली बोलाइएको प्रहरीले जानकारी दिएको छ।