स्याङ्जा, १० फागुन २०८२।
स्याङ्जामा बेवारिसे अवस्थामा एक वृद्धको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेमा शनिबार सांझा करीब साढे सात बजे अचेत अवस्थामा भेटिएका गुरुङ बुढा भनेर चिनिने अन्दाजी वर्ष ५५ वर्षीयको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
अचेत अवस्थामा भेटिएका ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिई गएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागी प्रदेश अस्पताल पुतलीबजार स्याङजा पुर्याएकोमा राती करीब साढे १० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ।
यसै बीच जिल्ला प्रहरी कार्यालय स्याङजाले एक सार्वजनिक अपिल जारी गरेर ती पुरुषको शब प्रदेश अस्पताल स्याङजामा राखिएको र निजलाई चिन्नुहुने व्यक्ति वा निजको आफन्तहरूले जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको ९८५६०९०१६२ मा सम्पर्क गर्नुहुन भनेको छ।