मकवानपुरमा एकाबिहानै बस दुर्घटना : २२ जना यात्री घाइते

मकवानपुरमा एकाबिहानै बस दुर्घटना : २२ जना यात्री घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० फाल्गुन २०८२
  • 4.1K
    Shares

पोखरा, १० फागुन २०८२ ।

मकवानपुरमा आज बिहान बस दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन्।

वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ ख ००५४ नम्बरको यात्रुवाहक बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा आज बिहान बस करिब सवा ७ बजे दुर्घटनाग्रस्त हुँदा २२ जना यात्री घाइते भएका हुन्।

दुर्घटनामा बसमा सवार २२ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि चितवन पठाइएको छ। सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

उक्त बस अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बस घटनास्थलमै रहेको भए पनि सडक अवरुद्ध नभएको र यातायात आवागमन नियमित रूपमा सञ्चालन भइरहेको जनाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया