पोखरा, ५ फागुन २०८२।
काठमाण्डौ प्रहरीले सार्वजनिक स्थानमा हिडिरहेका पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई खोज्न शुरु गरेको छ ।
सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले सार्वजनिक स्थानमा हिडिरहेका पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई खोज्न शुरु गरेको हो ।
सार्वजनिक भएको भिडियोमा साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ । कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।
उक्त भिडिओमा सडक पार गर्दै गरेको एक वृद्धलाई बा ३ च ११०३ नम्बरको गाडीबाट एक अधवैशे पुरुषले गाडीबाट झरेर ती पैदलयात्री वृद्धलाई कुटपिट गरेको देखिन्छ । साथै अर्की महिलाले पनि उनलाई गाली गरेको भिडिओमा देखिन्छ । सार्वजनिक स्थलमा त्यसरी किन कुटपिट गरेको भन्ने खुलेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी शुरु गरिएको बताए । एसपी भट्टराइले पैदलयात्रीलाई मुक्का हान्ने कार चालकको पहिचानका लागि प्रक्रिया शुरु गरिएको पनि उनले जानकारी दिए। उनले अघि भने , ” दोषीलाई कारबाहीको दायरामा ल्याउँछौं।’