कारको ठक्करले साइप्रसमा नेपाली युवतीको मृत्यु

कारको ठक्करले साइप्रसमा नेपाली युवतीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ फाल्गुन २०८२
  • 8.9K
    Shares

पोखरा , ४ फागुन २०८२।

कारको ठक्करले साइप्रसमा एक नेपाली युवतीको मृत्यु भएको छ।

रोजगारीको शिलशिलामा करीब दुई वर्ष अघि साईप्रस पुगेकी सोलुखुम्बु घर भएकी २६ वर्षीया लाक्पा डाेमा शेर्पाको सडक दुर्घटना परि मृत्यु भएको हो।

बिहान करिब ८:०० बजे ईलेट्रिकल स्कुटर चडेर ड्युटी जाँदै गरेकी शेर्पालाई तिब्र गतिमा आएको कारले ठक्कर दिंदा मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ। हातखुट्टा भाँच्चिएको र टाउकोमा ठुलो चोट लागि गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएकोमा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको बताइएको छ।

हाल उनको शव अस्पतालमै राखिएको छ। उनको सतगत नेपालमा गर्ने कि साइप्रस्मै गर्ने भन्ने टुङ्गो नभएको त्याहास्थित संचार माध्यमले जनाएका छन !

साईप्रस नेपाल सरकारले नेपाली महिलालाई घरेलु काममा जान वैधानिकता दिएको एक मुलुक हो ! भौगोलिक रूपमा यो पश्चिम एसियामा अवस्थित छ ! तर सांस्कृतिक र भूराजनीतिक रूपमा दक्षिणपूर्वी युरोपेली देश हो ! इजिप्टको उत्तर, ग्रिसको पूर्व, टर्कीको दक्षिण र लेबनान र सिरियाको पश्चिममा अवस्थित रहेको एस देशको राजधानी निकोसिया लगात देशै भरीमा भिजा लिएर बसोबास गर्दै आएका नेपालीको संख्या १४ हजार ८ सय नाघेको छ !

प्रतिक्रिया