नेपाल फर्कने तयारीमा रहेका नेपाली विद्यार्थीको बेलायतमा निधन

नेपाल फर्कने तयारीमा रहेका नेपाली विद्यार्थीको बेलायतमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० माघ २०८२
  • 7.3K
    Shares

पोखरा, २० माघ २०८२।

नेपाल फर्कने तयारी गरिरहेका एक जना नेपाली विद्यार्थीको बेलायतमा निधन भएको छ। सप्तरीको हनुमाननगर, कंकालिनी- १० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको बेलायतमा निधन भएको हो ।

केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको चिकित्सकलाई उधृत गर्दै एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए ।

आइतबार श्वासप्रश्वासमा समस्या भएपछि मण्डलले छिमेकी दिदी गरिमा मल्ललाई फोन गरेर आफ्नो व्यथा सुनाएका थिए । गरिमाले तुरुन्त अस्पताल जान सुझाएपछि सन्डरल्याण्ड रोयल अस्पताल गएका मण्डललाई आइसीयूमा राखेर उपचार शुरु गरिएको थियो । तर, चिकित्सकले सोमबार उनलाई मृत घोषणा गरेको एनआरएनए यूके अध्यक्ष पुडासैनीले बताए । पुडासैनीले परिवारको आग्रह बमोजिम स्वर्गीय मण्डलको शव नेपाल पठाउन प्रक्रिया शुरु गरिने बताए ।

मण्डल सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका थिए । मण्डल अध्ययन नसकिंदै नेपाल फर्कने तयारीमा थिए । सन्डरल्याण्ड युनिभर्सिटीलाई तिर्न बाँकी शुल्क तीन हजार पाउण्ड नतिरेका कारण उनी निष्कासित भएका थिए । उनको बेलायत बस्न पाउने अवधि १४ फेब्रुअरी २०२६ सम्म थियो ।

विश्वविद्यालयले निष्कासन गरेपछि अर्को आवेदन नदिए विद्यार्थीलाई ६० दिनसम्म बेलायत बस्न पाउने अधिकार हुन्छ ।

प्रतिक्रिया