पोल्यान्डमा निधन भएका कास्कीको मादीका सुमन गुरुङको शव आज काठमाण्डौ आइपुग्दै

पोल्यान्डमा निधन भएका कास्कीको मादीका सुमन गुरुङको शव आज काठमाण्डौ आइपुग्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ माघ २०८२
  • 3.6K
    Shares

पोखरा १५ माघ २०८२।

युरोपेली मुलुक पोल्यान्डमा हृदयघात भएर मृत्यु भएका कास्कीका सुमन गुरुङको शव आज काठमाण्डौ आइपुग्दैछ।

गत जनवरी १६ मा हृदयघातबाट मृत्यु भएका कास्कीको मादी गाउपालिका वडा नम्बर ११, उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङको शब आज अपरान्ह साढे चार बजे काठमाण्डौस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आई पुग्न लागेको हो।

‘सुमन गुरुङको शव बुधबार स्थानीय समय बिहान ९ बजेको समयमा पोल्यान्डस्थित वारसाको चोपिन विमानस्थलबाट कतार एयरलाइन्सको उडानबाट नेपाल पठाईएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले जानकारी दिए। उक्त जहाज कतारको दोहा हुँदै आज अपराह्न ४:२५ बजे काठमाडौँ पुग्ने उडान तालिका छ।

मृतक गुरुङको शोकसन्तप्त परिवारलाई रोजगारदाता कम्पनीको तर्फबाट केही आर्थिक सहयोग उपलब्ध गराउन दूतावासको तर्फबाट प्रयास भइरहेको कार्यवाहक राजदूत फुयालले बताए।

यसैबीच मृतक गुरुङकी श्रीमती सुनिता गुरुङले आफ्नो श्रीमान्‌को शव नेपाल पठाउन सहयोग गर्ने सबैलई धन्यवाद दिएकी छन्।

नेपालबाट रोजगारीको सिलसिलामा २०८१ भदौ १६ गते रोमानिया पुगेका सुमन २०२५ मे ११ देखि पोल्यान्डमा थिए। पोल्यान्डको प्लातेरुफको ओस्त्रोमेचिनमा टीएमएस ग्रुप कम्पनीमा उनी च्याउ उत्पादन गर्ने कम्पनीमा काम गर्थे।

उनको श्रीमती र ७ वर्षका छोरा छन्।

प्रतिक्रिया