सर्लाहीमा पाइल्स पीडित किशोरीको उपचारका क्रममा मृत्यु, बैद्य पक्राउ

सर्लाहीमा पाइल्स पीडित किशोरीको उपचारका क्रममा मृत्यु, बैद्य पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ माघ २०८२
  • 3K
    Shares

पोखरा , १२ माघ २०८२।

मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा १८ वर्षीया हाँसु पासवानको मृत्यु भएपछी तनाबग्रस्त नवलपुर सर्लाही

सर्लाहीको नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा एक युवतीको मृत्यु भएको छ । पाइल्सको समस्याबाट पीडित लालबन्दी नगरपालिका–२, पुनर्वासकी १८ वर्षीया हंसु पासवानको उपचारका क्रममा मृत्यु भएको हो ।

शुरुमा सामान्य अवस्था रहेकी हंसुको औषधालयमा इन्जेक्सन लगाएपछि उनको स्वास्थ्य अचानक बिग्रिएको र केही समयमै अर्को इन्जेक्सन लगाइएपछि अवस्था झनै जटिल बन्दै गएको परिवारजनको भनाइ छ ।

बिरामीको अवस्था गम्भीर बनेपछि उनलाई नवलपुरबाट हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो ।आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका थिए ।

उक्त आयुर्वेद औषधालय अवैध रहेको बताइएको छ । प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाएको छ । घटनासँग सम्बन्धित अनुसन्धानका लागि मोहन आयुर्वेद औषधालयका वैद्य रामविनय साहलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया