कास्कीको मादीका युवाको पोल्याण्डमा निधन

कास्कीको मादीका युवाको पोल्याण्डमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ माघ २०८२
  • 24K
    Shares

पोल्याण्डमा निधन भएका कास्कीको मादी-११, उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङ

पोखरा, ४ माघ २०८२।

कास्की जिल्लाको मादी गाउपालिका घर भएका एक युवाको पोल्याण्डमा निधन भएको छ।

जिल्लाको मादी गाउँपालिका वडा नम्बर ११ उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङको हृदयघातका कारण शुक्रबार पोल्याण्डमा निधन भएको हो ।

मनसँग एउटै कोठामा बस्दै आएका पोखराका सागर ठकुरीले दिएको जानकारी अनुसार , सुमनलाई जनवरी १६ मा अचानक  श्वास फेर्न गाह्रो भएर कोठामै बेहोश भएका थिए। ‘घरबेटीले प्राथमिक उपचार गरेपछि एम्बुलेन्स बोलाएर अस्पताल पुर्याइएकोमा उनले अस्पतालले मृत घोषित गरेको थियो।

रोजगारीको सिलसिलामा सुमन गत वर्ष भदौ १६ गते रोमानिया पुगेका थिए भने गएको बैशाख २८ गते मात्र उनी पोल्याण्ड पुगेका थिए र पोल्यान्डबाट १५० किलोमिटरमा रहेको प्लातेरुफको ओस्त्रोमेचिनमा रहेको टिएमएस ग्रुप कम्पनीमा उनी च्याउ उत्पादन गर्ने कम्पनीमा काम गर्थे। उनको नेपालमा एक श्रीमती र सात वर्षका छोरा छन्।

नेपालमै रहेकी सुमनकी श्रीमती सुनिता गुरुङले भावविह्वल हुँदै आफ्नो जिन्दगीमा अकल्पनीय घटना भएको बताइन्। उनले आफ्नो श्रीमान्को शब नेपाल ल्याउन आबश्यक सहयोग गरिदिन पनि आग्रह गरेकी छिन्।

प्रतिक्रिया