पोखरा, ३ माघ २०८२।
चितवनका एक युवाको पोर्चुगलमा निधन भएको छ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २१, पार्वतीपुर स्थायी घर भएका ३० वर्षीय शंकर श्रेष्ठको युरोपेली मुलुक पोर्चुगलमा निधन भएको हो।
सन् २०२० मा वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा पुगेका श्रेष्ठको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई लिस्बनस्थित सरकारी अस्पताल ‘ओन्कोलोजी इन्स्टिच्युट फ्रान्सिस्को जेन्टिल’ (Oncology Institute Francisco Gentil) मा भर्ना गरिएको थियो । चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेकै अवस्थामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच उनको शब नेपाल ल्याउनका लागि आर्थिक संकलन शुरु गरिएको छ। मृतकका मामा बुद्धिमान श्रेष्ठले पोर्चुगलस्थित सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू र समाजसेवीहरूसँग सहयोगको याचना गरेका छन् । उनले एक अपिल जारी गर्दै भनेका छन्, “हाम्रो परिवारमा परेको यो बज्रपात र आर्थिक संकटको अवस्थालाई मध्यनजर गर्दै मानवीय भावनाका साथ यथासक्य सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।”
सहयोग संकलनका लागि मृतकका मामा बुद्धिमान श्रेष्ठको बैंक खाता विवरण सार्वजनिक गरिएको छ । परदेशमा अलपत्र परेको नेपालीको शवलाई आफ्नै माटोमा अन्तिम विदाई गर्न चाहने परिवारको इच्छा पूरा गर्न सानो सहयोग पनि महत्त्वपूर्ण हुनेछ ।
सहयोगका लागि बैंक विवरण :
खातावालाको नाम : बुद्धिमान श्रेष्ठ (Buddhi Man Shrestha)
बैंक खाता नम्बर (IBAN) : PT50 0007 0000 0050 5908 6422 3