अबैध रुपमा हतियार बनाएको तथा मर्मत गरेको भन्दै स्याङ्जाबाट एक जना दलित बृद्ध पक्राउ

अबैध रुपमा हतियार बनाएको तथा मर्मत गरेको भन्दै स्याङ्जाबाट एक जना दलित बृद्ध पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ पुष २०८२
  • 4.3K
    Shares

पोखरा, २८ पुष २०८२।

अबैध रुपमा हतियार बनाएको तथा मर्मत सम्भार गरेको भन्दै प्रहरीले स्याङ्जाबाट एक जना दलित बृद्धलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको टोलीले शुक्रबार जिल्लाको बिरुवा गाउ पालिका वडा नम्बर ६ लेवा निबासी ७२ वर्षीय रामबहादुर सुनारलाई शुक्रबार अबैध रुपमा हतियार बनाएको तथा मर्मत सम्भार गरेको भन्दै पक्राउ गरेको हो। सुनारले अवैध रूपमा भरूवा बन्दुक लुकाई छिपाई राखेको तथा मर्मत कार्य गरेको आरोप प्रहरीले लगाएको छ।

उनको घरबाट. एकनाले भरूवा बन्दुक एक थान, दुई नाल भएको पाटपुर्जा जडान नभएको भरुवा बन्दुक दुई थान, नाल नभएको पाटपुर्जा जडान नभएको भरुवा बन्दुक एक थान तथा सोसँग सम्बन्धित फलामे रडहरू चार थान, भरूवा बन्दुकको छुच्ची छ थान, वारूद एकसय ४२ ग्राम, सिसाको छर्रा १०७ (एकसय सात वटा, . केप छ थान ६, वारुद बनाउन प्रयोग हुने षोडा एक किलो ,, भरूवा बन्दुक बनाउन प्रयोग हुने फलामको घोडा तीन थान, चिम्टी दुई थान , फलामको किला चार थान र फलामको चाप एक थान बरामद भएको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त सुनारबिरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया