घटना लुकाउन खोजिए पछि सामूहिक वलात्कार पिडित बाँकेकी दलित किशोरी काठमाण्डौ पुगेर पत्रकारलाई पीडा सुनाइन्

घटना लुकाउन खोजिए पछि सामूहिक वलात्कार पिडित बाँकेकी दलित किशोरी काठमाण्डौ पुगेर पत्रकारलाई पीडा सुनाइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ पुष २०८२
  • 6K
    Shares

पोखरा , २६ पुष २०८२।

आफूविरुद्ध भएको सामुहिक वलात्कारको घटना लुकाउने प्रयास भएपछि न्याय पाउनका लागि बाँकेकि एक दलित किशोरी काठमाण्डौ पुगेर पत्रकारहरुको माझ पुगेकी छिन्।

आफु सामुहिक वलात्कृत भएको १० दिन हुँदा पनि स्थानीय प्रशासन र प्रहरीले घटनाको अनुसन्धान गर्न आनाकानी गरे पछि बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ की १६ वर्षीय एक दलित किशोरी काठमाण्डौ पुगेर पत्रकार सम्मेलन गरेर पत्रकारहरु बीच आफ्नो पिडा ब्यथा पोखिन्।

सोमबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा ती किशोरीले दिएको जानकारी अनुसार , १० दिन अघि राती ११ बजे राति शौचालय जानका लागि घरबाट बाहिर निस्किएको बेला टिपरबाट केही मान्छे बाहिर निस्किएर उनलाई अपहरण गरी लगेर पांच जनाले सामूहिक बलात्कार गरेका थिए।

उनले सामूहिक बलात्कारमा संलग्न रहेकाहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गर्न खोजेकी छिन्। तर प्रहरीले घटना भएको १० दिनसम्म पनि प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको बताइएको छ । ती १६ वर्षीय किशोरीमाथि सब्दाम खान, मैन्यूदिन खान, समीर खान, फिरोज खान र साहिद खानले अपहरण गरी लगेर सामूहिक बलात्कार गरेको आरोप छ ।

पीडत परिवारलाई पूर्वमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहेका मोहम्मद स्तियाक राई र वडा अध्यक्ष सगीर खाँको दवाब दिइरहेको, प्रहरीलाई समेत मुद्दा दर्ता नगर्न दवाब दिएको बताइएको छ । बलात्कारमा परेकी बालिका भर्खर कक्षा ९ मा पढ्ने बताइएको छ ।

‘म ११ बजे राति पिसाब फेर्न उठेको थिएँ । ५ वटा केटाहरु टिपरको पछाडि लुकेर बसेका रहेछन् । एउटा केटा पछाडिबाट आएर मेरो मुख थुनिदियो । चारवटा केटा आएर उठाएर गोठमा लगेर गए । त्यसपछि म चिच्याएँ,’– पीडित बालिकाले रिपोर्टर्स नेपालमा आयोजित पत्रकार सम्मेलनमा भनिन्,‘म ती पाँच जना केटाहरु सबैलाई चिन्छु । प्रहरीले पनि केही कुरा सुन्दैनन् । इस्तियाक राई र अरुले दवाब दिइरहेका छन् । ती केटाहरु गाउँकै मान्छेहरु हुन् । उनीहरुसँग केही सम्बन्ध थिएन । म अहिले कक्षा ९ मा पढ्दैछु । ती केटाहरु अहिले बाहिर नै छन् । कोहीलाई पनि प्रहरीले समातेको छैन ।’

पीडित नाबालिकाको न्यायका लागि सामाजिक अभियन्ता जस्मिन ओझाले सहजीकरण गरेकी थिईन् । डुडुवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष खाँलाई घटनाको बारेमा रिपोर्टर्स नेपालले राखेको जिज्ञासामा उनले आफूलाई घटनाबारे केही पनि थाहा नभएको बताए । उनले अरु कुनै प्रक्रिया दिन चाहेनन् ।

त्यस्तै, जसपा नेपालका नेता राईलाई घटनाबारे सोध्दा आफूले सामाजिक सञ्जालमार्फत जानकारी पाएको बताए । तर, जाहेरी दर्ता गर्ने वा नगर्ने भन्ने काम आफ्नो नरहेको उनले बताए । ‘मैले घटना सामाजिक सञ्जालबाट थाहा पाएको हो । जाहेरी दर्ता गर्ने वा नगर्ने भन्ने काम मेरो होइन,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने ।

प्रतिक्रिया