काठमाडौँ, २१ पुष २०८२।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता बनेका छन्।
आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए। यसअघि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँको मेयर बनेका उनी अब दलीय राजनीतिमा सहभागी भएका छन्।
बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय समितिको बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेनलाई ‘वरिष्ठ नेता’ भन्दै स्वागत गरेका थिए।
रास्वपा प्रवक्ता झाका अनुसार, केन्द्रीय समिति बैठकले बालेनसँगै २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ। रास्वपासँग भएको सहमतिअनुसार, बालेनको समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री र सहमहामन्त्री पनि पाउनेछन्।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेनबीच पुस १३ गते एकता गर्ने सहमति भएको थियो। त्यही सहमतिका आधारमा आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले समायोजन गरेको हो।
आज मनोनित भएका केन्द्रीय सदस्यमा सुनिल लम्साल, भुवदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा. नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउँद रहेका छन्।
उनीहरूलाई केन्द्रीय समितिको बैठकमा रास्वपा सभापति रवि लामिछानले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।
यी हुन् बालेनका तर्फबाट थपिएका केन्द्रीय सदस्यहरु
१) बालेन्द्र साह
२) सुनिल लम्साल
३) भूपदेव शाह
४) सागर ढकाल
५) सस्मित पोखरेल
६) लक्ष्मण थारू
७) रमेश पौडेल
८) सन्तोष गिरी
९) खगेन्द्र सुनार
१०) डा.नमिता यादव
११) गनेश पौडेल
१२) सरिता ज्ञवाली
१३) सुसान्त बैदिक
१४) लक्ष्मि बर्देवा
१५) शिव यादव
१६) रोहन कार्की
१७) अनन्तराज तिमिल्सीना
१८) रामकुमार ढुंगाना
१९) प्रदीप ज्ञावाली
२०) जेम्स कार्की
२१) मधुसुदन ढकाल
२२) ओजश्वी थापा
२३) केपी खनाल
२४) आदित्य आचार्य
२५) प्रदिप पाण्डे
२६) खेमराज साउद
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वरिष्ठ नेताका रुपमा मनोनित भएका छन् ।
रास्वपाको आज बसेको बैठकले शाहलाई आमन्त्रित सदस्य सहित वरिष्ठ नेताकारुपमा मनोनित गरेको हो ।
एक साता अघि बालेन र रास्वपाबीच आगामी निर्वाचनपछि उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो ।
आज बसेको केन्द्रीय समिति बैठकले शाह सहित उनका तर्फबाट २६ जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेर शपथ गराएको थियो ।