रुसी राष्ट्रपति पुटिनको निवासमा भएको ड्रोन हमलाको भिडिओ सार्वजनिक

रुसी राष्ट्रपति पुटिनको निवासमा भएको ड्रोन हमलाको भिडिओ सार्वजनिक


  • एजेन्सीहरु
  • शुक्रबार, १८ पुष २०८२
  • 5.7K
    Shares

पोखरा १८ पुष २०८२।

रुसले रुसी राष्ट्रपति भ्लादमिर पुटिनको निवासमा भएको ड्रोन हमलाको भिडिओ सार्वजनिक गरेको छ।

युक्रेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनको निवासमा ड्रोन हमला भएको प्रमाण मागेपछि रुसले उक्त भिडिओ सार्वजनिक गरेको हो।

यसअघि सोमबार रुसले आफ्ना राष्ट्रपति पुटिनको नोभगोरोडस्थित सरकारी निवासमा युक्रेनले डिसेम्बर २८-२९ राति ९१ ड्रोन प्रहार गरेको आरोप लगाएको थियो। तर त्यसलाई वायु रक्षा प्रणालीले विफल पारेको दाबी गरेको थियो।

तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आरोप पूर्ण रूपमा झुटो र बनावटी भएको भन्दै त्यसको प्रमाण देखाउन चुनौती दिएका थिए।

यसपछि रुसको रक्षा मन्त्रालयले बुधबार हिउँले ढाकिएको क्षेत्रमा क्षतिग्रस्त ड्रोनको भग्नावशेष देखिने भिडिओ जारी गरेको हो। साथै मन्त्रालयले युक्रेनबाट प्रक्षेपण गरिएको लामो दूरीको ड्रोनको रुट नक्सा पनि जारी गरेको छ।

भिडिओ फुटेजमा हिउँमा पल्टिएको कालो ड्रोनको भग्नावशेष देखिन्छ। यो ६ किलोग्राम विस्फोटक पदार्थले भरिएको दाबी गरिएको छ।

रुसको दाबी छ- मानवरहित हवाई यान (यूएभी) द्वारा पुटिनको निवासमा आक्रमण प्रयास गरिएको थियो, जुन यान युक्रेनले हालै लन्च गरेको थियो।

युक्रेनले पुटिनको निवासमा एकैसाथ धेरै दिशाबाट आक्रमण गर्ने प्रयास गरेको आरोप रुसको विदेश मन्त्रालयले लगाएको छ। यद्यपि पुटिनको निवासमा क्षति हुन पाएन।

कारण रुसको वायु रक्षा प्रणालीले ब्रायान्स्क क्षेत्रमा ४९ ड्रोन खसालेको दाबी रुसले गरेको छ। 

प्रतिक्रिया