जापानको टोकियोमा सडक दुर्घटनामा परेर पोखराकी प्रीति सुनारको मृत्यु

जापानको टोकियोमा सडक दुर्घटनामा परेर पोखराकी प्रीति सुनारको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ पुष २०८२
  • 11.7K
    Shares

पोखरा, १७ पुष २०८२।

जापानको टोकियोमा भएको सडक दुर्घटनामा परेर पोखराकी एक युवतीको मृत्यु भएको छ .

जापानको राजधानी टोकियोस्थित काचुशिका सिटीको कामेअरीको सडकको जेब्राक्रस पार गर्ने क्रममा डिसेम्बर २८ को राति १०:२५ बजे तीब्र गतिमा आएको कारले ठक्कर दिंदा पोखराकी प्रीति सुनारको मृत्यु भएको हो । सुनारको पार्थिव शरीर अस्पतालमा रहेको छ।

कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाले दिएको जानकारी अनुसार , सुनार अध्ययनको लागि २०२३ को जुलाईमा जापान पुगेकी थिइन् र उनी टोकियोको तातसु कलेज अफ टेक्नोलोजीमा अध्ययनरत थिइन्

यसैबीच सुबारको शब नेपालमा ल्याउन आबश्यक पहल गरिदिन आफन्तले अनुरोध गरेको कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाले जानकारी दिए ।

नेपालबाट मृतक सुनारकी परिवारले जापानबाट पार्थिव शरीर नेपाल लिउन साथ, सहयोग गर्न अपील गर्नुभएको छ।

प्रतिक्रिया