अमेरिकामा सडक पार गर्ने क्रममा सवारीको ठक्करबाट नेपाली महिलाको मृत्यु

अमेरिकामा सडक पार गर्ने क्रममा सवारीको ठक्करबाट नेपाली महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० पुष २०८२
  • 6K
    Shares

पोखरा, १० पुष २०८२।

अमेरिकामा भएको सवारी दुर्घटनामा परेर एक नेपाली महिलाको मृत्यु भएको छ।

अमेरिकाको एल सेरिटोमा सडक पार गर्ने क्रममा सवारीको ठ’क्करबाट ५७ वर्षीया सुमित्रा गुरुङको मृत्यु भएको हो ।

कन्ट्रा कोस्टा काउन्टी कोरोनर कार्यालयका अनुसार, शुक्रबार बिहान करिब ५:४० बजे इन्टरस्टेट ८० नजिकै इस्टशोर बुलेभार्डको १७०० ब्लकमा उत्तरतर्फ गइरहेको म्यारुन रंगको सुबारु आउटब्याकले उनलाई ठ’क्कर दिएको थियो। उनको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ।

सवारी चालक घटनास्थलमै रहेर अनुसन्धानमा सहयोग गरेको एल सेरिटो प्रहरीले जनाएको छ।

#एल_सेरिटो#अमेरिका#सडक_दुर्घटना#नेपाली_महिला

प्रतिक्रिया