पोखरा, ५ पुष २०८२।
अमेरिकाबाट एकैचोटी ८० जना नेपाली देश निकाला भएको खबरहरु सार्वजनिक भैरहेका बेला अमेरिकामै जघन्य अपराधमा संलग्न रहेको आरोपमा दुई जना नेपाली युवा पक्राउ परेका छन्।
अमेरिकाको टेनेसीस्थित पुटनाम काउन्टीबाट ३० वर्षीय तुल्सी तिम्सिना र नर्थ क्यारोलिनाबाट २० वर्षीय प्रसन नेपाल पक्राउ परेका हुन्।
तिम्सिनालाई टेनेसीको पुटनाम काउन्टीमा एक वृ द्ध दम्पतीबाट दुईलाख ६८ हजार डलर ठगी गरेको आरो पमा पक्राउ गरिएको हो भने नेपाललाई नर्थ क्यारोलिनामा अन्तर्राष्ट्रिय बाल यौ’न शोषण सञ्जालमा संलग्न भएको आरोपमा पक्राउ त्यहाँस्थित संचार माध्यमहरुले समाचार लेखेका छन्।