पोखरा, २५ मङ्सिर २०८२।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ महाबिर चौधरी पेस्तोलसहित पक्राउ परेका छन्।
बर्दिया राजापुरस्थित हमार थारू रेष्टुरेन्टका निरज चौधरीको गोली हानि हत्या गरेको आरोप लागेका पुर्ब मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर भाइ महाबिर चौधरी पेस्तोलसहित पक्राउ परेका हुन्।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा भएको हत्या आरोपमा महावीर चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दि
बर्दियाको राजापुरमा रहेको हमार थारू रेष्टुरेन्टमा निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो । घाइते अवस्थामा चौधरीलाई उपचारका लागि नेपालगन्ज पुर्याएपछि प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । घटनास्थलमा रहेका महाविर चौधरी भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका थिए । प्रहरीका अनुसार महाविरको साथबाट पेस्तोल समेत बरामद गरिएको छ । उनको साथबाट बरामद भएको पेस्तोल हत्यामा प्रयोग भए/नभएको पुष्टि हुन भने बाँकी छ ।
चौधरी रेष्टुरेन्टका सञ्चालक रामकुमारी चौधरीका श्रीमान् बुद्धिप्रसादले सञ्चालन गर्ने पोल्टी फार्ममा काम गर्दै आएका थिए ।
आइतबार बिहान करिब ८ बजे निरज चौधरी रेष्टुरेन्टभित्र अचेत अवस्थामा भेटिएका थिए। उनलाई उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल पुर्याइएको भए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
एम्बुलेन्स ल्याउने बहाना बनाएर महावीर चौधरी मोटरसाइकल चढेर फरार भएकाले प्रहरीले खोज तथा अनुसन्धान तीव्र पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। यो घटनामा प्रहरीले यसअघि नै उनीहरू दुवै श्रीमान् श्रीमती र छोरा राहुल चौधरीलाई पक्राउ गरिसकेको छ ।
कैलालीबाट पक्राउ परेका महावीर चौधरी निरजकै मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , राजापुर नगरपालिका–४ स्थित हमार थारु घर रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीको हत्या भएको पुष्टि भएको छ। घटनास्थलबाट प्रहरीले अमेरिकाको ग्रीन कार्ड, भारतीय आधार कार्ड, राहदानी तथा केही विदेशी मुद्रासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए।