पोखरा, १७ मङ्सिर २०८२।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई काठमाडौँबाट पक्राउ गरेको छ ।
अनुसन्धानको लागि शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीका एआईजी डा.मनोज केसीले जानकारी दिए । प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।
असोज १४ मा शेरचन प्रभु बैंकको नायब कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए ।
गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स अहिले सञ्चालनमा छैन ।