मलेशियाको अदालतमा एक नेपाली युवाबिरुद्ध आमाछोरीको हत्या आरोपमा मुद्दा दर्ता

मलेशियाको अदालतमा एक नेपाली युवाबिरुद्ध आमाछोरीको हत्या आरोपमा मुद्दा दर्ता


  • एजेन्सीहरु
  • शुक्रबार, १२ मंसिर २०८२
  • 3.6K
    Shares

पोखरा १२ मङ्सिर २०८२।

मलेशियाको एक अदालतमा एक नेपाली युवाबिरुद्ध आमाछोरीको हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको छ।

नेपाली नागरिक ३५ वर्षीय दिनेश कुमार मण्डलबिरुद्ध मलेसिया पेनाङको बुकित मेरताजाम मजिस्ट्रेट अदालतमा आज गएको अक्टोबर १८ मा क्याम्पुङ स्कूल जुरु गाउँमा एक आमा र उनकी छोरीको हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको हो।

स्थानीय सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार, ३५ वर्षीय दिनेश कुमार मण्डलले अभियोग सुनाइँदा कुनै बयान (प्लिया) दर्ता गराएनन्, किनकि हत्या मुद्दा उच्च अदालतको अधिकार क्षेत्रभित्र पर्न आउँछ। अभियोगको पुर्णपाठ हिन्दी भाषामा पढिएको थियो र दिनेशले मजिस्ट्रेट नुरुल रस्यिदाह अकितका सामु टाउको हल्लाएर बुझेको संकेत दिएका थिए।

दिनेशमाथि ५१ वर्षीया सारिया चे हिन र ११ वर्षीया नुर अफ्रिना अलिशा अब्दुल रहीमलाई दिउँसो १२:३० देखि साँझ ७:३० बजेबीचको समयमा हत्या गरेको आरोप छ।

मण्डलमाथि मलेसियन कानुन मामिला दण्ड संहिता धारा ३०२ अन्तर्गत मुद्दा चलाइएको छ, जसअन्तर्गत दोषी प्रमाणित भएमा मृत्युदण्ड, वा ३० देखि ४० वर्षसम्म कैद, साथै १२ भन्दा कम नहुने डण्डात्मक चोट (rotan) को सजाय हुनेछ।

सरकारी पक्षको प्रतिनिधित्व उप–लोक अभियोजक अनिस सुहादा रोस्लीले गरेका थिए भने दिनेशको तर्फबाट कुनै कानुनी प्रतिनिधि थिएन। अदालतले दिनेशलाई धरौटी नदिने निर्णय गरेको छ , र आगामी वर्ष २०२६ को जनवरी २६ तारिखमा फरेन्सिक, रसायनशास्त्र तथा पोष्टमार्टम रिपोर्ट अदालतमा बुझाउने मिति तोकेको छ।

प्रतिक्रिया