पोखरा, ८ मङ्सिर २०८२।
लमजुङमा मोटरसाइकलको ठक्करबाट ६८ वर्षीया बृद्धाको मृत्यु भएको छ।
जिल्लाको सातबिसेबाट धमिलिकुवातर्फ जाँदै गरेको ना ४८ प ३०७७ नम्बरको मोटरसाइकलले सोमबार दिउँसो करिब ३:४० बजे राइनास–६ स्थित ढलेबर चोकमा ठक्कर दिंदा ६८ वर्षीया बृद्धाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर राइनास-६, स्याउली बस्ने ६८ वर्षीया माइतीकुमारी तामाङको मृत्यु भएको प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि सहोदर सामुदायिक अस्पताल, धमिलिकुवा लगिएको थियो। तर, अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए।