सुर्खेतको काँक्रेविहार जङ्गलमा युगल जोडी मृत भेटिए

सुर्खेतको काँक्रेविहार जङ्गलमा युगल जोडी मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ मंसिर २०८२
  • 6K
    Shares

काठमाडौँ, ८ मङ्सिर २०८२।
सुर्खेतको काँक्रेविहार जङ्गलमा आज एक युगल जोडी मृत भेटिएका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जङ्गलमा आज दिउसो एक युगक जोडी मृत भेटिएका हुन्।

उक्त जंगलमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका–१० खजुरा बस्ने १६ वर्षीया दीपिका चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

‎‎प्रहरीका अनुसार आज बिहान ११ः२० बजेको समयमा जङ्गलमा घाँस काट्न गएका स्थानीयले दुवै जनालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।‎

‎घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा पांच जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी र आफन्तको उपस्थितिमा दिउँसो १ः१५ बजे शवको सनाखत गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए।

‎‎उनका‌ अनुसार, किशोरीको सनाखत उनका काका राजु चौधरीले र किशोरको सनाखत उनकी फुपू गीता खत्रीले गरेका हुन् ।‎

‎घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया