नवलपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ मंसिर २०८२
  • 2K
    Shares

काठमाडौँ ७ मङ्सिर २०८२।

नवलपुरमा ट्रकको ठक्करबाट शनिबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ।

नारायणघाटबाट भैरहवातर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ७१६४ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको ना ३४ प १२८५ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्गको नवलपुरको मध्यविन्दु-७ चोरमाराको उकालोमा ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नवलपुरको मध्यविन्दु-१५ का ३६ वर्षीय लोकबहादुर थारूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए।

दुर्घटनापछि ट्रकका चालक बाराको सिमरा उपमहानगरपालिका-१५ का २४ वर्षीय लक्ष्मीप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको नेपालले बताए।

प्रतिक्रिया