काठमाण्डौको नयाँ बसपार्क नजिकै भेटिएको शब तेश्रो लिङ्गी समुदायकी सदस्यको भएको खुलासा

काठमाण्डौको नयाँ बसपार्क नजिकै भेटिएको शब तेश्रो लिङ्गी समुदायकी सदस्यको भएको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ मंसिर २०८२
  • 3.6K
    Shares

पोखरा ६ मङ्सिर २०८२।

काठमाण्डौको गोंगबुस्थित नयाँ बसपार्क नजिकै शनिबार बिहान फेला परेको वेवारिसे शव तेस्रो लिंगी समुदायकी सदस्य भएको खुलेको छ।

उक्त शब सिन्धुपाल्चोक घर भै काठमाण्डौको सामाखुसी क्षेत्रमा बसोबास गर्दै आएकी अन्दाजी २४–२५ वर्षीया ‘एञ्जिला मगर’ नामले परिचित तेस्रो लिंगीको भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

उनको शब् शनिबार विहान करिब ७:४५ बजे सडकछेउमा तन्नाले बेरिएको अवस्थामा फेला परेको थियो। उनी ८–१० दिनदेखि साथीहरूबीच सम्पर्कविहीन भएको प्रारम्भिक तथ्यबाट खुलेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक लागुऔषध दुर्व्यसनी रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

उनको मृत्यु आफैँले खरानी गरेको, अचानक मृत्यु भएको, वा कसैले हत्या गरेको भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको एसपी भट्टराईले बताए। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र आवश्यक सूचनाहरू पाएमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया