काठमाडौं ६ मङ्सिर २०८२।
काठमाडौंको नयाँ बसपार्क नजिकै कपडाले पोको पारेको अवस्थामा एउटा शव भेटिएको छ।
टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडकमा कपडाले पोको पारेको अवस्थामा एउटा शव भेटिएको हो ।
उक्त शव अहिले पोस्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। शवको पहिचान अहिलेसम्म खुल्न बाँकी छ र प्रहरीले घटनास्थल मुचुल्का गरी विस्तृत अनुसन्धान थालेको छ।
प्रहरीले नजिकैका CCTV फुटेज, स्थानीय प्रत्यक्षदर्शीका बयान र पछिल्ला हराएका व्यक्तिको विवरणसमेत जाँच गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।