दाङबाट पाल्पा शैक्षिक भ्रमण आएका विद्यार्थी बोकेको बस दुर्घटना : एघार जना घाइते (नामाबलीसहित)

दाङबाट पाल्पा शैक्षिक भ्रमण आएका विद्यार्थी बोकेको बस दुर्घटना : एघार जना घाइते (नामाबलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ मंसिर २०८२
  • 5.7K
    Shares

पोखरा ५ मङ्सिर २०८२ ।

दाङको राजपुर गाउँपालिकाबाट पाल्पा शैक्षिक भ्रमणमा आएका बिद्यार्थीहरु बोकेको बस आज बिहान दुर्घटनाग्रस्त हुँदा ११ जना बिद्यार्थी घाइते भएका छन्।
रानीमहल जाने क्रममा ना ५ ख १०८९ नम्बरको स्कुल बस पाल्पाको तानसेन नगरपालिका १३ बैकुण्ठे भिरमा शुक्रबार बिहान दुर्घटनाग्रस्त हुँदा ११ जना बिद्यार्थी घाइते भएका हुन्।

उक्त दुर्घटनामा घाइते भएका सबैको उद्धार गरेर उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। उनीहरूको अवस्था सामान्य छ ।

बैकुण्ठे भिरमा अचानक आफैं अनियन्त्रित भएको बस सडकको भित्तामा ठोकिएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेहरुको नामावली
१. दाङ राजपुर गाउँपालिका ४ बस्ने ४० वर्षीय शत्रुघन गुप्ता,
२. दाङ घोराही उपमहानगरपालिका ११ बस्ने २२ वर्षीय दामादेर रेउले
३. बस चालक दाङ घोराही उपमहानगरपालिका १४ बस्ने ३५ वर्षीय सन्तोष ढकाल
४. दाङ राजपुर गाउँपालिका ५ बस्ने १२ वर्षीय सन्ध्या भण्डारी
५. दाङ राजपुर गाउँपालिका ६ बस्ने १८ वर्षीय दिल कुमारी रावत
६. दाङ राजपुर गाउँपालिका ६ बस्ने १० वर्षीय सन्तोषी चौधरी
७. दाङ राजपुर गाउँपालिका ६ बस्ने १९ वर्षीय अजय नेपाली
८. दाङ राजपुर गाउँपालिका ५ बस्ने २३ वर्षीय सृजना यादव
९. दाङ राजपुर गाउँपालिका ५ बस्ने १३ वर्षीय आयुष भण्डारी
१०. दाङ राजपुर गाउँपालिका ५ बस्ने १५ वर्षीय अभिषेक यादव
११. घोराही उपमहानगरपालिका ९ बस्ने ३५ वर्षीय बसन्त योगी

प्रतिक्रिया