धनकुटामा एकाबिहानै हायस दुर्घटना : ८२ वर्षीया बृद्धाको निधन, अन्य १३ जना घाइते

धनकुटामा एकाबिहानै हायस दुर्घटना : ८२ वर्षीया बृद्धाको निधन, अन्य १३ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ मंसिर २०८२
  • 2.8K
    Shares

पोखरा ५ मङ्सिर २०८२ ।

धनकुटाको पाख्रिबासमा हायस दुर्घटना हुँदा एक यात्रीको निधन भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

काठमाडौबाट संखुवासभाको खांदबारी जांदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस पाख्रिबास नगरपालिका ५ स्थित भैंसेमा आज बिहान करिब ६:३० बजे दुर्घटनाग्रस्त हुँदा एक जनाको निधन भएको हो।

उक्त दुर्घटनामा परेर संखुवासभाको सभापोखरी गाँउपालिका वडा नम्बर २ की अन्दाजी ८२ वर्षीया सावित्रा कालाखेतीको निधन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । दुर्घटनामा घाइते भएकी कालाखेतीलाई तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल धनकुटामा बिहान ८:१५ बजे चिकित्सकले मृत घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ।

उक्त दुर्घटनामा घाइतेको विवरणहरु:-

जिप्रका संखुवासभा दरबन्दी भई प्रचौ धुपु संखुवासभामा कार्यरत जिल्ला धनकुटा महालक्ष्मी नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष अन्दाजी कि प्रहरी जवान सुजता गिरी, मेरुदण्ड मा चोट, । जिल्ला संखुवसभा सिलिचुङ गापा वडा नम्बर ३ बस्ने वर्ष अन्दाजी ३० की सगिता राईको बाहिरी चोट पटक नदेखिएको,अवस्था सामान्य,जिल्ला अस्पताल धनकुटाम उपचार भई रहेको । ऐ.ऐ बस्ने वर्ष ३९ को नरेन्द्र राई बाहिरी चोट पटक नदेखिएको,अवस्था सामान्य,जिल्ला अस्पताल धनकुटाम उपचार भई रहेको ।

जिल्ला संखुवासभा पाँचखपन नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष अन्दाजी २४ की लमु शेर्पाको टाउकोमा चोट,अवस्था मध्यम रेहको ,जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको । जिल्ला उदयपुर लिम्चुङबुङ गाँउपालिका वडा नम्बर १ बस्ने वर्ष ४४ की निर्जला राईको दाहिने खुट्टामा चोट ,अवस्था मध्यम रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको । ऐ.ऐ वर्ष बस्ने वर्ष ११ की बिनिता राईको टाउकोमा चोट ,अवस्था मध्यम रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको । ऐ.ऐ.बस्ने वर्ष १४ को जेसन राईको बाहिरी चोटपटक नदेखीएको,अवस्था सामान्य रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको ।

जिल्ला सिन्धुली फिटिङ गाँउपालिका (तत्काल वडा नम्बर नखुलेको) बस्ने वर्ष १९ को सन्त बहादुर तामाङको दाहिने खुट्टामा चोट,अवस्था मध्यम रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको । जिल्ला भोजपुर साप्लासिलिचुङ गाँउपालिका वडा नम्बर ५ बस्ने वर्ष अन्दाजी ३२ पासाङ शेर्पाको टाउकोमा चोट अवस्था मध्यम रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको ।

जिल्ला संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष अन्दाजी ५० को रत्न बहादुर विकको शरिरको विभिन्न भागमा चोट,अवस्था गम्भिर रहेकोमा जिल्ला अस्पताल धनकुटा बाट सामान्य उपचार पश्चात विपि कोईराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा रेफर भएको। हाइस चालक तत्काल वतन नखुलेको वर्ष अन्दाजी ४० को दिपेन्द्र बुढाथोकी शरिरको विभिन्न भागमा चोट,अवस्था गम्भिर रहेकोमा जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात थप उपचारको लागी विपि कोईराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा तर्फ रेफर भएको ।

प्रतिक्रिया