पोखरा ५ मङ्सिर २०८२ ।
काठमाडौँको सोह्रखुट्टेमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किदा एक युवाको निधन भएको छ। ,
सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा बिहीबार बिहीबार बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाँदा एक युवाको निधन भएको हो।
उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटना पछि मोटरसाइकल चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।