लागू औषध ब्राउनसुगर सहित २ जना मानिस पक्राउ
पोखरा ४ मङ्सिर २०८२ ।
अबैध लागू औषध ब्राउनसुगर सहित पोखराबाट दुई जना युवा पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नं. ८ बगाले टोलबाट अबैध लागू औषध ब्राउनसुगर सहित दुई जना युवा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा गोरखा आरुघाट गाउपालिका वडा नं. ४ घर भै हाल पोखरा ८ बस्ने बर्ष २८ को जाबिद हुषेन र झापाको अर्जनधारा गाउपालिका वडा नं. ११ फुलबारी स्थायी वतन भई पोखरा ८ मा नै बस्ने वर्ष २६ की अनु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिए।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको सयुक्त प्रहरी टोलिले बुधबार साँझ अन्दाजी करीब ८ बजेको समयमा पोखराको बगालेटोलबाट पक्राउ गरेको प्रहरीले बताएको छ।
पोखराको बगालेटोलमा लागू औषध सेवन तथा बिक्री बितरण पक्राउ गरिएका उनीहरुको साथबाट ७ ग्राम ८ मिलिग्राम तौल लागू औषध ब्राउन सुगर लगायतका लागू पदार्थ पांच वटा स-सानो पुरिया बरामद भएको प्रहरीले दाबी गरेको छ।
उनीहरु बिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।