पोखरा, ३ मङ्सिर २०८२ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न पुगेका उनका निजि सुरक्षा गार्ड दीपक खड्का पक्राउ परेका छन् । उनी अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् ।
प्रसाईं पक्राउ परेपछि उनलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाण्डौको हिरासतमा पुगेका खड्कासहितका नौ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। सामान्य सोधपुछ पछि अन्य आठ जनालाई छाडिएको र प्रसाईंका निजि सुरक्षा गार्ड दीपक खड्कालाइ नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया शुरु गरिएको प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
खड्कालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ । मंगलबार प्रहरीले नियन्त्रणमा लिएका खड्कालाई बुधबार प्रशासनबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।