तनहुँमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, पांच जना घाइते

तनहुँमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, पांच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०८२
  • 3K
    Shares

तनहुँ , ३ मङ्सिर २०८२ ।

तनहुँमा बुधबार साँझ भएको बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने पांच जना घाइते भएका छन्।

जिल्लाको छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जिप बुधबार साँझ १९:३० बजे भित्री सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने पांच जना घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर चितवनको इच्छाकामना गाउँपालिका–५ बस्ने ३१ वर्षीय पुष्पलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रबक्ता प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । दुर्घटनामा घाइते श्रेष्ठलाई उपचारार्थ आँबुखैरेनी अस्पताल पुर्याइएकोमा ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक विकले बताए।

प्रहरीका अनुसार , सोही दुर्घटनामा घाइते हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–२ बस्ने २० वर्षीया दोमाया गुरुङ, सोही ठाउँ बस्ने २६ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ, कालिका नगरपालिका–८ बस्ने ३४ वर्षीया सरस्वती गुरुङ रहेका छन् । चालक सहित अन्य पाँच जना यात्रु भने सकुशल छन् ।

चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो। जिपमा ११ जना यात्रु थिए।

प्रतिक्रिया