वडाध्यक्षलाई गोली हानेको आरोप लागेका प्रहरी सहायक हवल्दार यादव एम्बुलेन्स चढेर भाग्दै गर्दा तीन दिनपछि पक्राउ

वडाध्यक्षलाई गोली हानेको आरोप लागेका प्रहरी सहायक हवल्दार यादव एम्बुलेन्स चढेर भाग्दै गर्दा तीन दिनपछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०८२
  • 8.6K
    Shares

पोखरा, ३ मङ्सिर २०८२।

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवको निधन भएको गोलीकाण्डमा संलग्न फरार आरोपी प्रहरी सहायक हवल्दार शम्भु कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। घटना भएको करिब तीन दिन पछि प्रहरीले उनलाई धनुषाको धारापानी क्षेत्रबाट एम्बुलेन्स चढेर भाग्दै गर्दा पक्राउ गरेको हो।

गएको कार्तिक २८ गते साँझ ५ बजे भान्सामा भैनभात (रोटी–भात) सम्बन्धी विवादका क्रममा गोली चलेपछि वडाध्यक्ष यादवको घटनास्थलमै मृत्यु भएको थियो। गोली चलाएको आरोप प्रहरीकै सहायक हवल्दार शम्भु कुमार यादवमाथि लागेको थियो। घटनापछि उनी घटनास्थलबाटै भागेका थिए

इलाका प्रहरी कार्यालय यज्ञभूमि, धनुषामा कार्यरत प्रहरी सहायक हवल्दार रामबाबु यादवले नियमित चेकजाँचका क्रममा धारापानी क्षेत्र अगाडिबाट गुडिरहेको एक एम्बुलेन्स रोक्दै शम्भु कुमार यादवलाई पक्राउ गर्न सफल भएका हुन्। उनले एम्बुलेन्सभित्र शंका लागेपछि विस्तृत जाँच गर्दा फरार अभियुक्त भेटिएका थिए।

पक्राउ परेका शम्भु कुमार यादवलाई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय, धनुषामा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।
घटनाको प्रकृति गम्भीर भएकाले कानुनी प्रक्रिया कडाइका साथ अघि बढाइने अधिकारीहरूको भनाइ छ।

गोलीकाण्डपछि मिथिला बिहारी क्षेत्रमा तनाव सिर्जना भएको थियो। तर प्रहरीको त्वरित सक्रियता, शान्ति सुरक्षा व्यवस्थापन र निरन्तर खोजी अभियानका कारण अहिले स्थिति सामान्य अवस्थामा फर्किएको स्थानीयहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार