पोखरा, २ मङ्सिर २०८२।
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित पुलमा साेमबार भएको कार दुर्घटनामा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–०२३ च ५०७५ नम्बरको कार सूर्यबस्तीस्थित पुलमा अनियन्त्रि भई पुलबाट खोल्सामा खस्दा बुबाको मृत्यु भएको हो भने छोरा घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर कार चालक समेत रहेका अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ माझागाउँ बस्ने ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा परेर उनका छोरा हरिशचन्द्र सामान्य घाइते भएकाे र उनकाे पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेकाे
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले बताउनुभयाे । कारमा बाबुछाेरा मात्र सवार रहेका थिए ।