काठमाडौँ, ३० कात्तिक २९८२।
बुटवलमा एक व्यक्तिले आफ्नै श्रीमतिको हत्या गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ३ बुटवलको पुल्चोक बस्ने प्रेम बहादुर कुमालले आफ्नै श्रीमतीको हत्या गरेका हुन्।
गुल्मीको इश्मा गाउपालिका वडा नं ६ घर भई हाल बुटवलमा बस्दै आएका कुमालले श्रीमती लक्ष्मी कुमाललाई गएको शुक्रवार राती ११ बजे राती छाताको रड र काठको ढोकामा लगाउने गरालो (आग्लो)ले हानी हत्या गरेको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार प्रेमले मरणाशन्न हुनेगरी कुटपिट गरी रातभरी घरमै राखेको र शनिबार बिहान ११ बजे मात्रै बिरामी परेको भन्दै उपचारका लागि भन्दै लुम्विनी प्रादेशिक अस्पतालमा पुर्याएका थिए।
लुम्विनी प्रादेशिक अस्पातलका चिकित्सकले लक्ष्मीलाई अस्पताल पुर्याउदा मृत्यु भई सकेको बताएपछि घटना बाहिर आएको थियो। मृतक लक्ष्मीकी १३ बर्षिय छोरीले आमालाई बावाले कुटेको बताएपछि प्रहरीले अनुसन्धान थालेको थियो। लक्ष्मीका १० महिना, ८ बर्ष र १३ बर्षका छोरी ३ छन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मृतकको पोष्टमार्टमको प्रारम्भिक रिर्पोटमा कुटपिटबाट शरिरको भित्री भागमा गम्भिर चोट लागेको देखिएको छ। श्रीमतीको हत्या गर्ने प्रेम बहादुर कुमाल प्रहरी हिरासतमा छन्।
मृतकका भाई कमल मुखियाले भिनाजु प्रेम बहादुर कुमालले दिदीको हत्या गरेको भन्दै जाहेरी दिएपछि जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले बताए।