काठमाडौँ, ३० कात्तिक २९८२।
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल गएराती दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
उक्त मोटरासाइकल झण्डै ४०/५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना हुदा घटनास्थलमै मृत्यु भएका दुवै जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए।
उक्त दुर्घटना आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेको र दुर्घटनाको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।