काठमाडौँ, ३० कात्तिक २९८२।
कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाकी बिमला शाहीको हत्या भएको खुलेको छ । गएको कात्तिक २३ गते बिहान १ बजे सुतेको कोठामा मृत भेटिएकी २४ वर्षीया बिमला शाहीको हत्या भएको खुलेको हो ।
प्रारम्भिक अनुसन्धानमा बिबाहित रहेकी उनलाई उनकै १९ वर्षीय प्रेमी अमिन शाहीले हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक बीरबहादुर सुनारले जानकारी दिए।
विवाह गरेको दुई महिनामा विदेश गएका श्रीमानले श्रीमती बिमला शाहीलाई आफ़ूसंगै विदेश लैजान लागेको खबर पाए पछि आक्रोशित बनेका अमिन शाहीले प्रेमिका विमलाको कोठामा गएर सिरानीले मुख छोपेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।
हत्या आरोपीत अमिनलाई अदालतबाट १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
बिमलाका घर परिवारले भने कसैसँग शङ्का नरहेको र उसले आफैँ केही खाएर आत्महत्या गरेको प्रहरीसमक्ष जाहेरी दिएका थिए । तर प्रहरी यो हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।
प्रहरी निरीक्षक सुनारले मृतकका श्रीमानका भाई निर्प सुनारले सामान्य कुरा आशङ्का कारणले अमिनको कल डिटेल हेर्दा आफुहरु सफल भएको बताए । घटना भएको दिनमा अन्तिम कल भएको भेटियो ।
मृतक बिमलाका श्रीमान विदेश गएपछि बिमला र देवर निर्प काठमाडौँमा बस्दै आउनुभएको थियो । त्यहाँ बस्दा अमिन पनि एकै घरमा कोठा लिएर बस्ने गरेका र त्यहाँ बिमला र अमिनको प्रेमसम्बध रहेको देवर निर्पले पनि जानकारी पाएका थिए ।