अबैध सुनचाँदीका गरगहनासहित स्याङजाबाट एक युवा पक्राउ

अबैध सुनचाँदीका गरगहनासहित स्याङजाबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० कार्तिक २०८२
  • 2.6K
    Shares

पोखरा ३० कार्तिक २०८२।

अबैध सुनचाँदीका गरगहनासहित स्याङजाबाट एक जना युवा पक्राउ परेका छन्।

पोखराबाट स्याङजाको चापाकोटतर्फ जाँदै गरेको लु २९ प ५०१२ नम्बरको पल्सर मोटरसाइकल चेकजांच गर्ने क्रममा अबैध रुपमा बिना बिल भरपाईका सुनचाँदीका गरगहनासहित स्याङजाबाट ती युवालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने युवा चापाकोट नगरपालिका वडा नम्बर ८ दामाचौर बस्ने २९ वर्षीय बिष्णु बिक रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय र मातहतको संयुक्त प्रहरी तोलीले भिरकोट नगरपालिकाको दहथुमस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजांच गर्ने क्रममा लु २९ प ५०१२ नम्बरको पल्सर मोटरसाइकल चेक गर्दा बिकलाई बिल भर्पाइ नभएको सुन चाँदीका गरगहना सहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

बिकको साथबाट बिल भरपाई नभएको सुनको जन्तर, मोतीमाला तीन थान र चार टुक्रा सुन समेतको पांच तोला छ लाल तथा १० तोला ७३ लाल तौल भएका चाँदीका बाला वरानद भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया