पोखरा २९ कार्तिक २०८२।
मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा एक जना पुजारीको गोली हानी हत्या भएको छ ।
ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारी ६४ वर्षीय ठूले गोलेको शुक्रबार गोली हानी हत्या भएको हो ।
पुजारी गोलेको गोली हानी हत्या गरेको आरोपमा स्थानीय ७५ वर्षीय इमानसिंह थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान र एक सय ९० ग्राम गनपाउडर बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण थोकरले गोलेको गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ ।