पोखरा २७ कार्तिक २०८२।
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ। तर, पाउन्डसहितका मुद्राको मूल्य आज पनि घटेको छ।
आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा थियो।
यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६४ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ६६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४३ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४३ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर
