पोखरा २७ कार्तिक २०८२।
जेनजी आन्दोलनका क्रममा पोखराका विभिन्न स्थानमा लुटपाट, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कास्की, मादी ५ का २५ वर्षीय रोशन सापकोटा र पोखरा १७ घारीकुलोकी ३८ वर्षीया बिमला सापकोटा रहेकी प्रहरीले जानकारी दिएको छ।
सापकोटद्वयलाई लुटपाट गर्न र विभिन्न व्यक्तिको घर तोडफोड गर्न उक्साएको आरोपसमेत लागेको छ ।
उनीहरुलाई आपराधिक उपद्रव गर्न नहुने कसुरमा कास्की अदालतबाट ४ दिनको म्याद लिई थप अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी हरिबहादुुर बस्नेतले जानकारी दिए ।