पोखरा २६ कार्तिक २०८२।
चितवनको ग्रामिण क्षेत्रमा संचालित एउटा कृषि एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा एक जनाको निधन भएको छ भने दुई जना घाइते भएका छन्।
फिस्लिङबाट हपनी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६६२ नं.को कृषि एम्वुलेन्स मङ्गलबार साँझ ६ः१५ बजे जिल्लाकै पहाडी क्षेत्र समेटिएको इच्छाकामना गाउँपालिका वडा नम्बर २ हपनीस्थित भित्री सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर उक्त कृषि एम्बुलेन्समा सवार इच्छाकामना गाउपालिका २ बस्ने वर्ष २५ को विकास प्रजाको निधन भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
सोही दुर्घटनामा परेर घाइते भएका वर्ष १९ को विष्णु प्रजा र वर्ष ३४ को कर्णबहादुर प्रजाको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
उक्त कृषि एम्बुलेन्स सडकदेखि करिब पाँच सय मिटर तल खसेको बताइन्छ ।