पोखरा २५ कार्तिक २०८२।
पर्वतमा धरौटी राखेर छुटाएर लगेकै दिन एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरिदिएका छन्।
पर्वतको मोदी गाउँपालिका–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले गए राति ५२ वर्षीया श्रीमती सीतालाई कुटेर हत्या गरेका हुन्।
पपर्वतको मोदी गाउँपालिका–६ दराकमा जेलबाट छुटेकै दिन एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्। मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले गए राति ५२ वर्षीया श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेका हुन्।
प्रहरीका अनुसार, वैवाहिक जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गरेका जितबहादुरलाई श्रीमती सीताले नै अदालतले तोकेको धरौटी रकम बुझाइ दिएर सोमबार घर लगेकी थिइन्। घर पुगेकै दिन साँझ खाना खाइसकेपछि जीतबहादुरले श्रीमती सितामाथि जाइलागेका थिए।
श्रीमानको कुटाई खाएर बेहोश भएकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पताल पुर्याएको थियो, तर टाउको र अनुहारमा गम्भीर चोट लागेकी उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले तत्काल प्रहरी चौकी देउपुरमा खबर गरेकी थिइन्। खबर पाएलगत्तै देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार, स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका अभियुक्त जीतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।