अबैध लागू औषधसहित पोखराबाट तीन जना दलित युवा समातिए

अबैध लागू औषधसहित पोखराबाट तीन जना दलित युवा समातिए


  • जनसञ्चार डट कम समाचारसाता
  • मंगलबार, २५ कार्तिक २०८२
  • 4.9K
    Shares

पोखरा २५ कार्तिक २०८२।

अबैध लागू औषधसहित पोखराबाट तीन जना दलित युवा समातिएका छन्।

पोखराको नयाँबजार र गणेशटोलबाट अबैध लागू औषधसहित तीन जना दलित युवा समातिएका हुन्।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर नम्बर ९ नयाँबजारबाट पोखरा १३ बस्ने वर्ष २६ को लक्ष्मण नेपाली र म्याग्दीको मालिका गाउँपालिका वडा नं. ६ दरबाङ बस्ने वर्ष ३२ को ज्ञान बहादुर सार्की तथा पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोलबाट स्थानीय बासिन्दा समेत रहेका वर्ष ३० को बिकास किसान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीका अनुसार , नयाँबजारबाट समातिएका लक्ष्मण र ज्ञान बहादुरको साथबाट उनीहरुले भिरेको झोलामा रहेको लागू औषध डाईजापाम २५ एम्पुल, ब्रुफिनुर्फिन २५ एम्पुल,
फेनेरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागू औषध, मोवाईल तीन थान र नगद रकम
आठ हजार तीन सय ५५ रुपियाँ बरामद भएको छ भने रामकृष्णटोलबाट समातिएका बिकास
किसानले भिरेको झोलामा लागू औषध डाईजापाम ३८ एम्पुल, ब्रुफिनुर्फिन ३९ एम्पुल,
फेनेरागन ३९ एम्पुल गरी जम्मा ११६ एम्पुल लागू औषध र मोवाईल एक थान बरामद भएको प्रहरीले दाबी गरेको छ।

पक्राउ परेका तीनै जना युवाबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धि कसुरमा सात दिनको म्याद थप भै थप अनुसन्धान कारबाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया