पोखरा २५ कार्तिक २०८२।
पोखराको वडा प्रहरी कार्यालय बगरबाट लुटिएको एउटा चाईनिज पेस्तोलसहित एक किशोर पक्राउ परेका छन्।
गएको भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा वडा प्रहरी कार्यालय बगरबाट लुटिएको चाईनिज पेस्तोलसहित एक किशोर पक्राउ परेका हुन्।
उक्त आरोपमा पक्राउ पर्ने किशोर पोखरा महानगरपालिका वडा नं. ४ मा डेरागरी बस्ने १६ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। ती किशोरको साथबाट एक थान टाईप ५४ को चाईनिज पेस्तोल पनि बरामद भएको प्राप्त समाचारमा जनाइएको छ।
ती किशोरबिरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।