काठमाण्डौ, २४ कात्तिक २०८२।
गोरखाका एक युवाले काठमाण्डौमा आफ्नै आमाको आफ्नो बुबाको हत्या गरेका छन्।
गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भनिने पेम्बा लामाले आइतबार साँझ काठमाडौं महानगरपालिका–१५ किमडोलमा ७८ वर्षीय बुबा आमकी लामाको हाया गरेका हुन्।
छोराको कुटपिटबाट गम्भीर घाइते भएका आमकी लामालाई उपचारका लागि मनमोहन अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
किमडोलमा छोराले बुबालाई कुटपिट गरेको सूचना पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले बुबालाई कुटपिट गर्ने पेम्बा लामालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे हाल प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।