पोखरा, २४ कात्तिक २०८२।
जेन–जी आन्दोलनका क्रममा पोखराका विभिन्न कार्यालयमा भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्न दुई जना पक्राउ परेका छन् ।
गएको भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, घर र पसलमा भएको क्षतिसँग सम्बन्धित अनुसन्धानका क्रममा पोखराबाट दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा गोरखा स्थायी घर भई हाल पोखरा –५ बस्ने २८ वर्षीय दिपक कुँवर र धादिङ स्थायी घर भई हाल पोखरा –५ बस्ने २३ वर्षीय दिपक राना मगर रहेका जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव निरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।
उनीहरुको साथबाट कम्प्युटरको सिपियू ३ वटा, मनिटर १ वटा, किवोर्ड, माउस ३÷३ वटा, एउटा प्रिन्टर, २ वटा मल्टिप्लग, ३६ वटा सवारी चालक अनुमति पत्र र एउटा मोटरसाइकल बरामद गरिएको उनले बताए ।
उनीहरुलाई शुक्रबार पोखरा ५ स्थित कोठाबाट चोरीका सामान सहित पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनीहरुलाई अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।