कास्की ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीकै मोटरसाइकल चोरी गरेको आरोपमा पोखराबाट दुइ जना समातिए

कास्की ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीकै मोटरसाइकल चोरी गरेको आरोपमा पोखराबाट दुइ जना समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ कार्तिक २०८२
  • 3K
    Shares

पोखरा, २३ कात्तिक २०८२।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरमा पार्किङ गरि राखिएको ट्राफिक प्रहरीको मोटरसाइकल चोरी गरेको आरोपमा पोखराबाट दुइ जना समातिएका छन्।

जेनजी आन्दोलनका क्रममा कास्की ट्राफिक प्रहरी परिसरमा पार्किङ गरी राखिएको ग ६ प २०६१ नम्बरको होण्डा मोटरसाइकल चोरी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ५ पर्स्यांङबाट दुई जना समातिएका हुन्।

समातिएका अभियुक्तहरुमा पोखरा महानगरपालिका-५ पर्स्याङका ३६ वर्षीय विश्वराज परियार र पोखरा महानगरपालिका-१३ शान्तिटोल निवासी ३२ वर्षीय देबकुमार लोदिया रहेको जिल्ला प्रहरॆए कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरि बस्नेतले जानकारी दिए।

चोरीको उक्त मोटरसाइकल चलाइरहेका बखत गत शुक्रबार दिउसो तीन बजेको समयमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको बताइएको छ।

उनीहरूविरुद्ध चोरी सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता बस्नेतले जानकारी दिए।

प्रतिक्रिया