तनहुँको बेलचौतारामा मिनिट्रकले ठक्कर दिंदा पैदलयात्री महिलाको मृत्यु

तनहुँको बेलचौतारामा मिनिट्रकले ठक्कर दिंदा पैदलयात्री महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ कार्तिक २०८२
  • 5.5K
    Shares

पोखरा, २३ कात्तिक २०८२।

तनहुँको बेलचौतारामा मिनिट्रकले ठक्कर दिंदा पैदलयात्री महिलाको मृत्यु भएको छ।

दुलेगौंडाबाट खैरेनीटारतर्फ आउँदै गरेको ग १ क १८४५ नं को मिनिट्रकले शुक्लागण्डकी न.पा. ५ बेलचौतारा स्थित पृथ्वीराजमार्गमा आज साँझ सवा छ बजेको समय ठक्कर दिंदा पैदलयात्री महिलाको मृत्यु भएको हो ।

उक्त मिनीट्रकको ठक्करबाट घाइते भएकी स्थानीय वर्ष ३७ की देवी तिवारी पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाटो काट्ने क्रममा उक्त मितिट्रकले ठक्कर दिएर घाइते भएकी पौडेललाई तत्काल उपचारका लागि सोही ठाउँमा रहेको जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्राप्त समाचार जनाइएको छ

प्रतिक्रिया