पोखरा, २२ कात्तिक २०८२।
लमजुङमा जीपको ठक्करबाट दुइवर्षीय बालिकाको मृत्यु भएको छ।
लमजुङको क्व्होलासोथर -१ बाग्लुङपानीमा ग.१ ज ६३०६ नम्बरको जिपको ठक्करबाट दुई वर्षीय बालिकाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा क्व्होलासोथर -१ बाग्लुङपानी की कृति तामाङकी दुई वर्षीया छोरी नेरिमा तामाङको शुक्रबार बिहान प्रदेश अस्पताल लमजुङमा उपचारको क्रमममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिप चालकलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।